१४ कात्तिक, काठमाडौं । नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ ।
‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ ।