रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर २ मा निर्माण भएको भवन उदघाटन कार्यक्रममा प्रमुख आतिथिको आसनबाट सम्वोधन गर्दै गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले एक साल अगाडी वडा नम्बर २ मा आधारभूत स्वास्थ्य केन्द्र , २ नं. वडा कार्यालय र प्रहरी चौकीको भवन अति आवश्यक भएको भन्दै सो भवनहरुको निर्माणमा कुनै कसर नराखी एक वर्ष भित्रै निर्माण गर्ने प्रतिज्ञालाइ आज भवन निर्माण को भब्य उद्घाटनका बिच अफुले सो कुरा पुरा गरेको कुरा बताएका छन ।

नगर प्रमुख गुप्ताले आफैले शिलान्यास गरेको भवनको आफ्नै पालामा उदघाटन गर्न मौका पाउदा हर्षित भएको बताएका छन् । गौर नगरपालिकाको वडा नम्बर २ मा सवै भन्दा बढी विकास भएको दावी गर्दै मेयर गुप्ताले नगरवासी को सहयोग र साथका कारण विकास निर्माणका कार्य सम्पान भएको बताए ।
समन्वय सहकार्य र सहयोगबाट भौतिक पुर्बाधारको विकास सम्भव हुने जिकिर गर्दै नगर प्रमुख गुप्ताले नगरपालिकामा अझै विकास गर्ने लक्ष्य भएको जनाए । स्थानीयहरुको सहयोग यस्तै रह्यो भने विकास निर्माणका कार्य थपिने उनले भने सहयोग गर्नु विकास गर्न तयार छौ ।
वडा अध्यक्ष राकेश झा को विकास प्रतिको लगन तथा वडा बासिहरुको सहयोगले बाबा बालेश्वर नाथको मन्दिरमा छठ घाट निर्माण , दुर्गा मन्दिर निर्माण , दलित छात्रा बासको निर्माण , जुद्ध माध्यमिक विद्यालयमा २० कोठाको भवन निर्माण , वडा कार्यालय , आधारभूत स्वास्थ्य केन्द्र र प्रहरी चौकी को न्या भवनको निर्माण कार्य समयमा सम्पन्न भएको बताए ।

आफुले गरेको वाचा आफ्नै कार्यकालमा पुर गर्न पाउदा अति नै खुसी लागेको र आउदा दिनमा आफुले बोलेको कुरा बन्दुकको गोली सरह हुनेछ भने नगर प्रमुख गुप्ताल बताए ।
वडाका जनताको लागि विबाह भवन , बालेश्वर नाथ मन्दिरको सौन्दर्यकरण , लगायतका कार्य गर्ने समेत प्रतिवद्धता जनाए । रामजानकी मन्दिर व्यवस्थापन समितिले उपलव्ध गरेको जग्गामा उक्त संरचना निर्माण गरिएको हो ।
६० लाखको लागतमा प्रहरी चौकीको भवन निर्माण गरिएको छ ! मन्दिर मा बसेर शान्ति सुरक्षाका लागि खटिदै आएका प्रहरी , र भाडाको घरमा संचालन हुदै आएका वडा कार्यालय अव आफ्नै भवनमा संचालन हुने भएकोले स्थानियहरुलाई सेवा पाउन सहज हुने विश्वास व्यक्त गरे ।
नगर प्रमुख गुप्ताले रौतहट जिल्लामा प्रहरी उपरीक्षक भै कार्य गरेका रंजितकार डीआइजी बनेर रौतहट आइपुग्नु भएकोमा खुशी भएको भन्दै बधाई समेत दिए । जिल्लाको शान्ति सुरक्षा कायम गर्नमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , प्रहरी उपरीक्षक शिद्धि विक्रम शाह , सशस्त्र प्रहरी उपरीक्षक सुर्य सेन ओली सराहनीय कार्य गर्दै आएको जिकिर गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादवले ४ वर्षको समयमा शिलान्यास गरि उदघाटन गर्न समेत मौका पाउने जनप्रतिनिधि भाग्यमानी नै भएको बताएका छन् । अधिकांश योजना शिलन्यास भएपछी अधुरै हुने भएकोले समयमा भवनको उदघाटन गर्ने मौका पाउनु नै भाग्यको कुरो भएको जिकिर गरे ।
वडा अध्यक्ष झा को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख किरण ठाकुर , प्रदेश प्रहरी प्रमुख डीआइजी रंजितकार , गौर नपाका जिन्सी फाट प्रमुख जितेन्द्र भार्ति लगायतका जिल्लाका सुरक्षक्ष निकायका प्रमुख , निर्वाचित जनप्रतिनिधि , स्थानीयबासीहरु सहभागी भएका थिए ।