भारतीय नम्बर प्लेटका सवारीसाधनहरु जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले धमाधम नियन्त्रणमा लिदैभारतीय नम्बर प्लेटका सवारीसाधनहरु जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले धमाधम नियन्त्रणमा लिदै

दिपेश कुमार साह,रौतहट :-भन्सार छलेर निर्वाध रुपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरु जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिन थालेको छ ।शुक्रबार चन्द्रपुर आसपासबाट २५ वटा भारतिय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ|कार्यालयका अनुसार यसरी भन्सार छलेर निर्वाध रुपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरुलाई नियन्त्रण लिइ भन्सार बुझाउने तयारी गरिरहेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक ज्ञान बहादुर माझीका अनुसार सुरुमा केही दिन भारतीय नम्बर प्लेटका सवारी साधनहरु नचालउन स्थानीय रेडियोहरुबाट सुचना प्रशारण गरेर , माइकिङ्ग गरेर सर्वसाधरणलाई जानकारी दिएको थियो ।श्रावन १ गतेदेखि चेकिङ्ग गरेर नियन्त्रणमा लिन सुरु गरेको उनले बताएका छन्। नियम विपरित चलेका भारतिय नम्बर प्लेटका सवारी साधनहरुलाई जिल्लाभरनै अभियानकै रुपमा कार्यक्रमा सञ्चालन गरेर नियन्त्रणमा लिइने प्रमुख प्रहरी निरिक्षक माझीले जानकारी दिएका छन्। नेपालको कानुन अनुसार भन्सारमा तोकिएको राजस्व तिरेर कुनैपनि भारतीय नम्बर प्लेटका सवारी साधनहरु वर्षमा बढिमा ३० दिन चलाउन पाइने भएपनि रौतहटमा भने निर्वाध रुपमा त्यस्ता सवारीसाधनहरु चल्ने गरेका छन् ।यसरी चलेका सवारीसाधनहरुबाट दुर्घटना भएमा पनि त्यस्ता सवारीसाधनहरु र सवारी धनीहरुलाई पक्राउ गर्ने कुनै आधार नभएको प्रहरीको भनाइ रहेको छ । पहिलो दिन नियन्त्रणमा लिएका सवारी साधनहरुलाई छोडिदिन नेता तथा जनप्रतिनिधीहरुको सिफारिस आउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *